सहिद दिवसको अवसरमा मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

दमौली : व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो ।

व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । सोमबारको कार्यपालिकाको बैठकले म्याराथनको आवश्यक व्यवस्थापन गर्न सम्बन्धित वडाध्यक्षहरु समावेश गरी खेलकुद समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने ४४ किलोमिटर अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेट्ने छ । म्याराथन आयोजना हुने दिन नगरका छ वडाका विभिन्न सङ्घसंस्था, जातीय सङ्गठन, टोल विकास संस्थालाई एकीकृत गर्ने गरेको छ ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन व्यास–३, व्यास–४, व्यास–१०, व्यास–७ हुँदै व्यास–८ मा पुगेर टुङ्गिनेछ । प्रत्येक वर्ष हुँदै आएको म्याराथन प्रतियोगिताले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुगेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा खेलकुद मात्र नभई नगरको पर्यटन प्रबद्र्धन र विकासको अभियान पनि हो ।”

प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।”

मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यहाँबाट देखिने कुहिरो र सूर्योदय हेर्नका लागि सयाँैको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

पुलिमराङसम्म भने त्यति पर्यटकको पहुँच पुग्न सकेको छैन । पुलिमरादङ सहिदभूमि पनि हो । यहाँ सहिद पार्क बनाइएको छ । पार्कमा विभिन्न कालखण्डमा सहिद भएका पुलिमराङका छ जनाको शालिक राखिएको छ । यहाँ स्वर्गीय भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको अर्धकदको शालिक छ ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker