व्यास पराशर क्षेत्रले पर्यटनमा ठूलो योगदान दिन सक्छ : नेता पौडेल

भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिनसक्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गर्ने सन्दर्भमा शनिबार व्यास नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उनले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताए ।

वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न थालिएको प्रयास सकारात्मक छ, छिटोभन्दा छिटो यो कामलाई सम्पन्न गर्नेतर्फ ध्यान दिन जोड दिए । व्यास-५ मानुङकोट पनि विकासका क्रममा अगाडि बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने वरिष्ठ नेता पौडेलको भनाइ थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास शुरु भएको बताए ।

व्यास-३ र ५ जोड्ने मादी नदीमाथि निर्माण भएको पुललाई व्यास झुलाका रूपमा विकास गर्न खोजिएको छ । पुलको सौन्दर्य अभिवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन -डिपिआर) तयार गरिएको छ । डिपिआर अनुसार पुलको सौन्दर्य अभिवृद्धि लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता सुरेन्द्र पाण्डेले बताए ।

उनका अनुसार पुलमा बत्ती जडान गरी आकर्षक बनाउन खोजिएको छ । पाण्डेले भने, ‘पुलमा जडान गरिने बत्तीले यो क्षेत्र धेरै पर्यटकको रोजाइमा पर्नसक्छ, पुलमा बत्ती जडानका लागि मात्रै २० लाख १६ हजार ३१६ रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ ।

व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाइनेछ जहाँ पराशर र सत्यवतीको आकृतिसमेत झल्काइने भएको छ । व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको पाण्डेले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker