ढुङ्गा, गिटी र बालुवाको टेण्डर नलाग्दा देवघाट गाउँपालिकाको राजश्व गुम्ने खतरा
आशिक राना/देवघाट

देवघाट गाउँलालिकामा ढुङ्गा, गिटी र बालुवामा टेण्डर नलाग्दा राजश्व गुम्ने खतरा बढेको बताएको छ । गाउँपालिकाले नदीजन्य पदार्थ टेण्डरका लागि तीन पटकसम्म सुचना प्रकाशि गरेपनी टेण्डर नपरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै २०७७ माघ १४ गते फागुन १३ गते र वि.स.२०७८ बैशाख ६ गते ३ पटकसम्म सूचना प्रकाशित गर्दा समेत टेण्डर नलागेको उल्लेख गरेका छन । विज्ञप्तीमा गत आर्थिक बर्ष सन्ध्या सन्देश निर्माण सेवाले समस्या हुँदा हुँदै पनि लकडाउनका कारण ढुङ्गा, गिटी र बालुवा उठाउन नपएको कारण राजश्व संकलनमा कमी आएको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा तीन पटक सूचना आह्वान गर्दा पनि टेण्डर नपरे पछि राजश्व गुम्ने खतराले प्रक्रियागत रुपमा उक्त सन्ध्या सन्देश निर्माण सेवालाई नै रु ३० लाखमा काली भतेरि र भुवनटार घाटबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्न अनुमति दिएको अध्यक्ष थापाले विज्ञप्तीमा उल्लेख गरेका छन ।
नदिजन्य पदार्थ उत्खननका विषयमा देवघाट स्थित स्वतन्त्र युवा समुहले गाउँपालिकालाई ज्ञापन पत्र बुझाए पछि अध्यक्ष थापाले प्रेस विज्ञाप्ती सार्वजनिक गर्दै यस बारेमा जानकारी गराएका हुन। स्थानीयको बिरोध रहि रहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गा, गिट्टी र बालुवाको ठेक्का नलाग्ने निश्चित भएकोले सचेत हुन थापाले आग्रह गरे । उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट टेण्डरमा लैजान वातावरण सिर्जना गर्न समेत आग्रह गरेका छन ।
नदिजन्य पदार्थ उत्खनन्बाट संकलित राजश्व ४० प्रतिशत प्रदेश सरकारलाई र बाकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा बिकासका कामहरुमा लगानी गरिने गाउँपालिकाले प्रष्ट परेको छ ।साथै देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गा, गिट्टी र बालुवा बिकास निर्माण कार्यमा देवघाटका युवाहरुलाई प्राथमिकता राखेको पनि देवघाट गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।










