म्याग्देमा जग्गा बन्धकीमा लिएर सामूहिक खेती

म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ ।

संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो ।

वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उहाँले बताउनुभयो । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताउनुभयो ।

वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, धान र तरकारी खेती गरेर राम्रो उत्पादन गर्दै आएको संस्थाकी सचिव देउमाया थापाले बताउनुभयो । स्थानीय केशीमाया आलेले आफ्नो प्रशस्त जग्गा नहुँदा बिहान बेलुकाको छाक टार्न पनि धौधौ भएको अवस्थामा सामुदायिक वनले जग्गा उपलब्ध गराएर ठूलो राहत प्रदान गरेको बताउनुभयो ।

यसवर्ष आलुखेतीबाट एक घर परिवारले ८० किलो आलु पाएको उहाँले बताउनुभयो । मङ्सिरे र चैते धान गरी वर्षमा एक जनाको भागमा करिब १७ मुरी धान पाउँदा घर परिवार चलाउन सहज भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय राममाया विक र कलावती परियारले पनि आफ्नो जग्गा नहुँदा परिवार पाल्न कठिनाइ हुँदै आएकामा अहिले जग्गा पाएपछि खेती गरेर परिवार पाल्न सजिलो भएको बताउनुभयो । उक्त सामुदायिक वनले समाजमा उदाहरणीय कार्य गर्दै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker