बन्दिपुरको नाहालामा सवारी दुर्घटना हुँदा १२ जना घाइते, ४ जनालाई पोखरा, ७ जनालाई काठमाडौ पठाइयो
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ नाहाला स्थित पृथ्वीराजमार्गमा यात्रु बहाक समावरी दुर्घटना हुँदा चालक सहित १२ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत दमौलीबाट डुम्रे तर्फजाँदै गरेको बाग्मति प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भई सडकको बाँया तर्फभित्तामा ठक्कर खाई दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको दमौली स्थित रत्नहरी मेमोरियल अस्पताल, डुम्रेको मोती मेडिकल हलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि ७ जना यात्रुलाई ट्रमा सेन्टर काठमाडौं, ४ जना यात्रुहरुलाई मणिपाल शिक्षण अस्पताल पोखरा पर्ठाईएको छ भने सामान्य घाइते भएका चालक नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।
दुर्घटनामा परी घाइते भएका भक्तपुर सुर्य बिनायक-५ कटुन्जेका बर्ष ५८ की धर्म देबी थापा, बर्ष ३० की राम प्यारी कार्की बखुन्छे, बर्ष ४५ की कल्याणी ढुङ्गाना, बर्ष ४४ की सरीता थापालाई पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पोखरा पर्ठाईएको छ ।
यस्तै, भक्तपुर सुर्य बिनायक-५ कटुन्जे बस्ने बर्ष ४४ की गँगा ढुङगेल, बर्ष५० की रत्ना थापा, गँगा बिष्ट, बर्ष ४१ की चण्डिका श्रेष्ठ, बर्ष ३३ की श्रीजना गुमान्जु, बर्ष ४४ की इन्दिरा निरौला, बर्ष ३२ की शोभा थापालाई ट्रमा सेन्टर काठमाण्डौ पर्ठाईएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी गराए ।










