विद्यालयको सरसफाई र रङरोगन

तनहुँको आँवुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थित कन्यादेवी माध्यमिक विद्यालयको कक्ष ९ मा अध्ययनरत विद्यार्थी र शिक्षकहरु बुधबार विद्यालयको डेक्स बेन्चमा रङरोगन गर्दै । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि सरसफाई, रङरोगन लगायतका आकर्षक योजनाहरु अगाडि ल्याएको छ ।

तस्विर : भञ्ज्याङ










