तनहुँ २ : एमालेको किल्ला भत्काउँदै काङ्ग्रेसका उम्मेदवार भण्डारी ५४७४ मतान्तरले विजयी

भञ्ज्याङ न्यूज

तनहुँ क्षेत्र न.२ बाट प्रतिनिधि सभामा शंकर भण्डारी निर्वाचित भएका छन ।

नेकपा एमालेका उम्मेदवार किरण गुरूङलाई ५४७४ मतान्तरले बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सस्दय शंकर भण्डारी निर्वाचित भएका हुन ।

गुरूङले २५ हजार १ सय ३० मत पाएका छन भने भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरेका छन ।

एमालेको बलियो किल्लाका रुपमा परिचित यस क्षेत्रमा गठबन्धनको सहयोगमा यसपटक भने काङ्ग्रेसले विजयी हातपरेको छ ।

यस क्षेत्रबाट २०५१ को मध्यावधि निर्वाचनमा काङ्ग्रेसका अमरराज कैनीले एकपटक जितेका थिए । २०४८ यताका सबै संसदीय निर्वाचन एमालेले जित्दै आएको थियो ।

यस्तै तनहुँ २ प्रदेश २ पनि गठबन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार जितप्रकाश आले निर्वाचित भएका छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker