राजमार्गमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि नयाँ होटल सोल्टि भिलेज खुल्यो

मुग्लिन–नारायणगढ सडक हुदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने

मुग्लिन । तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ । किनकी बिहिबार देखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा राजमार्गमा यात्रा गर्नेहरुलाई नै लक्षित गरेर सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ ।

भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक चित्र सोल्टी गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान पाईनेछ ।

‘यतिमात्र नभै हामी कहाँ गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पाईन्छ’, उनले भने ‘जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध गराउछौ’ । साथै होटलमा बसेर त्रिशुली नदीको सुन्दर दृश्यहरु हेर्दै आनन्दले खाना खान सकिने बताए ।

यस्तै होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरि लैजाने व्यवस्था हुने बताए ।

सोल्टी भिलेजमा पुग्न मुग्लिन बजारबाट नारायणगढतर्फ जादाँ ५ किलो मिटर अगाडी पुग्नुपर्दछ भने नारायणगढबाट काठमाण्डौतर्फ जादा ३१ किलोमिटर अगाडी पुग्नुपर्नेछ । यस्तै चितवन जिल्लाकै चर्चित पर्यटकीयस्थल जलविरे लामो झरना अवलोकन गर्न जादा त्यहाँबाट करिब १ किलोमिटर अगाडी मुग्लिनतर्फ जादा सोल्टी भिलेजमा सजिलै पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker