तनहुँको आँबुखैरेनीका छात्राको खातामा रु आठ लाख जम्मा

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको खातामा रु आठ लाख १९ हजार रकम जम्मा गरिदिएको छ । छात्रा बचत खाता कार्यक्रमअन्तर्गत पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ८१९ छात्राहरूको खातामा उक्त रकम जम्मा गरिदिएको हो ।
शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकाले यसै आर्थिक वर्षदेखि छात्रा बचत खाता कार्यक्रम सुरू गरेको थियो । विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यसहित सुरू गरिएको यो कार्यक्रम अन्तर्गत कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ८१९ छात्राको बैंक खाता खोली प्रतिविद्यार्थी रु एक हजारका दरले रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
कुमारी बैंक आँबुखैरेनी शाखामा सबै विद्यार्थीको खाता खोलेर उक्त रकमको चेक सोमबार बैंकका प्रबन्धलाई हस्तान्तरण गरिएको छ। चुमानले भने, “सबै छात्राहरूको बैंक खाता खोलेर प्रतिविद्यार्थी रू एक हजारका दरले रकम जम्मा गरिदिएका छौँ । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”
शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, रूचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पु¥याउने रहेको चुमानले बताए । विद्यार्थीको खाता सञ्चालनबापत प्रत्येक विद्यार्थीले वार्षिक रु ३५ हजार बराबरको स्वास्थ्य बिमा प्राप्त गर्नेछन् ।
यसैगरी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिबापत रु सात लाख ९० हजार वितरण गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत ७९ जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारका दरले रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रूपान्तरणलाई अभियानकै रूपमा अगाडि बढाएको छ। सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker