पानी पर्न नछाडेसम्म अत्यावश्यक बाहेक राजमार्गको यात्रा नगर्न तनहुँ प्रशासनको आग्रह

मंगलबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण पृथ्वीराजमार्गको यात्रा जोखिमपुर्ण बनेको छ । मुसलधारे वर्षाका कारण राजमार्गको आँबुखैरेनी–कोत्रे खण्डको ठाउँठाउँमा सडक भाँसिने, पहिरो जाने, विद्युत पोल ढल्ने जस्ता कार्यले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

राजमार्गको यात्रा जोखिमपुर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेक राजमार्गको यात्रा नगर्न आग्रह गरेको छ । राजमार्ग यात्राका क्रममा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै मंगलबार साँझ सूचना जारी गरी प्रशासनले उक्त आग्रह गरेको हो ।

हाल पृथ्वीराजमार्गको आँबुखैरेनी–कोत्रे सडक खण्डको बिस्तारका लागि सडकछेउछाउ फराकिलो बनाउने काम भइरहेको छ । निरन्तर परेको वर्षाका कारण समेत ठाउँ ठाउँमा पहिरो जानुको साथै कतिपय स्थानमा भासिएर सडक अवरुद्ध हुँदै आएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनका अनुसार भाँसिएको सडक र पहिरो गएको सडक मर्मत सुधार गरी खुलाउने काम पनि भइरहेको छ ।

मंगलबार बिहान ५ बजेदेखि अविरल वर्षा भइरहेको हुँदा पानी पर्न नरोकिएसम्म अत्यावश्यक काम परेको अवस्था बाहेक अन्य अवस्थामा उक्त सडकमार्ग भएर यात्रा नगर्नु हुन तथा ठुलासवारी साधनहरु सञ्चालन नगरिदिन अनुरोध गरिएको प्रजिअ रिजालले बताए ।

यस्तै, निरन्तर परेको झरीले यस जिल्ला भएर बग्ने साना तथा ठुला नदीहरुमा पानीको बहाव ह्वातै बढेकाले डुबान हुन सक्ने, पहिरोको जोखिम बढी हुने स्थानहरु र नदी किनारमा बसोबास गर्नेहरुले पानी पूर्ण रुपमा नरोकिएसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै, पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेमा सडक भाँसिदा एकतर्फी संचालन भएको छ । उक्त सडकखण्ड मंगलबार बिहान करिव ११ः३० बजे सडक भाँसिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker