तनहुँको बन्दिपुर-१ डुम्रेमा सहकारीद्वारा बाख्राको वीमा दाबि रकम भुक्तानी
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे स्थित सत्यसायी बचत तथा ऋण सहकारी संस्थाले बाख्राको वीमा दाबि रकम भुक्तानी गरेको छ । सहकारी संस्था स्थापनाको १५औं बर्ष प्रवेश गरेको अवसरमा संस्थाको स्वरोजगार कोषबाट व्यवसाय गर्दै आएका कृषकलाई उक्त रकम भुक्तानी गरिएको हो ।
सहकारीबाट स्वरोजगार कोषबाट बाख्रा पालन ब्यवसायमा लगानी भएका सदस्य लक्ष्मी जि.सीको बाख्राको विमा दाविको ८ हजार एक सय रुपैयाँ संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
यस्तै, सहकारीले बन्दिपुर-४ विमलनगर स्थित सिता थापाको पहलमा अपाङ्ग र दृष्टिविहिन विपन्न २ जना वृद्धको घर निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तरगत पाँच हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका कार्यालय प्रमुख अमृत बस्नेतले बताए ।










