रोपाई जात्रा

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा तनहुँको दमौलीमा तनहुँसुर भिमसेन धर्म गुठीले बुधबार साँझ दमौलीको सफासडकमा प्रदर्शन गरेको रोपाईजात्रामा राजा, रानी तथा विभिन्न भूमिकामा सजिएर सहभागि भएका नेवार समुदायहरु।

श्रीकृष्णजन्माष्टी पर्वका अवसरमा तनहुँका १० वटै पालिकामा नेवार समुदायले आ-आफ्नो परम्परा अनुसार रोपाईजात्रा, लाखेनाच लगायतका कार्यक्रम गरेका थिए ।

यस्तै, श्रीकृष्णको पुजा आरधना गर्नुका साथै तीज गीत प्रतियोगिताहरु समेत गरिएका थिए ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










