बन्दीपुर अस्पताल भवन निर्माणका लागि आर्थिक सहयोग

तनहुँको बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पतालको भवन निर्माणका लागि नेको इन्सोरेन्स लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । बन्दीपुर अस्पतालको भवन निर्माणका लागि नेकोले ११ लाख रुपैयाँ सहयोग गरेको हो ।
संस्थागत सामाजीक उत्तरदायित्व अर्न्तर्गत शनिबार बन्दीपुर अस्पतालमा आयोजना गरिएको एक कार्यक्रमका बिच इन्सोरेन्स कम्पनीले गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।
बन्दीपुर अस्पताल यस क्षेत्रका बिरामीहरुको आशा भरोसाको केन्द्र रहँदै आएकाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र भवन निर्माणमा अन्य बिभिन्न संघ संस्थालाई समेत हातेमालो गरी छिट्टै नै सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष थापाले बताए।
यस्तै बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठले कम्पनीको तर्फबाट आगामी दिनमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग रहिरहने बताए ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, स्वास्थ्य शाखा प्रमुख अन्जीर भट्टराइ, नेको इन्सोरेन्सका रोहीत कुमार भट्टराइ, बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठ, बोर्ड सिइओ अशोक खड्का लगायतले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक जस्ता जनताको आधारभूत आवश्यकतालाई सबैको हातेमालोबाट सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।










