मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर पार्‍यो : दमौली बजार इकाइ

भञ्ज्याङन्यूज

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले दमौली आसपास हुने मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर पारेको बताएको छ । महिनैपिच्छे दमौली आसपास हुन लागेका मेला महोत्सवले स्थानीय व्यवसायीमा प्रत्यक्ष असर परेको भन्दै सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।

बजार इकाइले जिल्ला प्रशासन कार्यालय तनहुँ र व्यास नगरपालिकालाई शुक्रबार ध्यानाकर्षा पत्र बुझाउँदै आर्थिक संकटको अवस्थामा दमौली बजारको एक किलोमिटर आसपासमा एक महिनाको अन्तरालमा हुन लागेका मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष र दीर्घकालिन असर पुगेको जनाएको छ ।

व्यास नगरपालिका-१ हाइस्कूलटारमा गत भदौ २७ गतेदेखि असोज ७ गतेसम्म प्रथम भोटी बजार महोत्सव आयोजना गरिएको थियो । त्यस्तै व्यास नगरपालिका-५ पाटनमा कात्तिक अन्तिम सातादेखि दोस्रो पाटन सांस्कृतिक महोत्सव गर्ने तयारी गरिएको छ ।

निजी क्षेत्रलाई टिकाउन सकेमात्र राज्यको अर्थतन्त्र सबल र सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक संकटको अवस्थामा चाडबाडको मुखमा आयोजना हुने मेला महोत्सवले व्यवसायमा असर परेको इकाई सभापति भूपाल आलेले बताए ।

त्यस्तै महामारीको रुपमा व्यापक मात्रामा फैलिदै गएको डेंगु रोगका कारण विशेषगरी दमौली बजार क्षेत्र र वरपर रहेका विभिन्न स्थानमा सर्वसधारणको ज्यान नै गएकाले महामारीको अवस्थामा मेला महोत्सव सान्दर्भिक नरहेको आलेको भनाइ छ । उनले भने, ‘यस्तो महामारीको अवस्थामा मेला महोत्सव गर्नुपक्कै पनि सान्दर्भिक ठहरिँदैन । यसप्रति बजारमा विभिन्न किसिमका टिकाटिप्पणी भएकाले सोको सम्बन्धमा सम्बन्धित निकायहरुबाट ध्यानाकर्षण होस् भन्ने चाहेका छौ ।’

ध्यानाकर्षा पत्रमा निजी क्षेत्रले यसअघि कहिल्यै भोग्न नपरेको आर्थिक संकटको संवेदनशील क्षणमा एक अर्काको परिपुरकका रुपमा स्थानीय तह तथा सरोकारवाला सबैले निजी क्षेत्रलाई टिकाउनका निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने चाहना व्यवसायीको रहेको उल्लेख छ ।

यसका साथै नजिकिदै आइरहेको दशैं, तिहार, छठ पर्वलाई मध्यनजर गरी आम उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखी म्याद गुज्रिएका, गुणस्तरहीन, अखाद्य सामानहरुको जाँचका निमित्त सम्बन्धित निकायबाट आवश्यक अनुगमन गर्न माग गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker