“आत्मघात क्रान्ति” उपन्यासमा काशीनाथ

देव बस्न्यात

विषय प्रवेश

दमौली बजारमा व्यासका अध्येता तथा श्रीकृष्ण द्वैपायन सत्सङ्गमण्डलका प्रवचकका नामले चिनिने नाम हो कानुनका विद्यार्थी श्री काशीनाथ न्यौपाने । वि.सं २००८ सालको श्रावण महिनामा तनहुँ जिल्ला श्याम्घा गा.वि.स वडा नं. ६ मादीबेसीमा उहाँको जन्म भएको थियो । हाल व्यास नगरपालिका-४ निवासी न्यौपानका पिता नारायणदत्त र आमा सन्तुमाया हुन् । न्यौपाने नेपाली साहित्यका कुलदीपक हुनुहुन्छ । अनुसन्धनात्मक, नाट्यकाव्य, दर्शन, महाकाव्य, धर्म तथा ऐतिहासिक ग्रन्थ र उपन्यास विधामा उहाँले आफ्ना कलमहरु दौडाउनु भएको छ । कानुन विषयमा स्नातक गरेता पनि उहाँको कर्मथलो वकालत नभएर साहित्य तर्फमोडिएको छ । उहाँका प्रकाशित कृतिहरुमा विसंगति (नाट्य काव्य-२०४६), आयाष (दर्शन विषय-२०५२), व्यास जन्मभूमि र तनहुँका ऐतिहांसिक सम्पदाहरु-२०५४, पहिलो कृति चौथो प्रकाशन, (कविता संङ्ग्रह-२०५५), वेदव्यास जन्म भूमिका सन्दर्भहरु-२०५७, र अप्रकाशित कृतिहरुमा नैया जातिको सामाजिक अध्ययन, आनन्द रामायण -नेपाली भाषमा अनुवाद) रहेका छन । यसका अलवा रेडियो नेपाल र विभिन्न पत्रपत्रिकाहरुमा उहाँका लेखहरु वाचन र प्रकाशन भइसकेकाछन । उहाँका प्रकाशित कृतिहरुले उहाँलाई सामाजिक विषयका र्सजकको रुपमा प्रस्तुत गरेको छ । उहाँका विभिन्न महाकाव्य, नाट्यकाव्य, धार्मिक ऐतिहासिक ग्रन्थ, धर्म-दर्शन र अनुवादीय कृतिहरुले उहाँको व्यासत्वलाई अझ प्रवाहित गरेको छ । उहाँको नयाँकृति आत्मघातक्रान्तिले साहित्य क्षेत्रमा केही वर्षअगाडि मात्र प्रवेश गरेको छ । यसलाई हाम्रो सामु ल्याउन प्रकाशकीय भूमिका निर्वाह गर्ने ज्ञान ज्योति बुक पब्लिकेशनलाई पनि साधुवाद छ ।

प्रस्तुत कृतिमा साकाहार र माम्साहारको बीचको द्वन्द्व र माम्साहारको उत्पीडनमा परेकाहरुको पीडितहरुको सजीव चित्र उतारिएको छ । लेखक स्वयं साकाहारी हुनुहुन्छ । एक साकाहारी हुनुका नाताले मांसाहारको विरुद्ध जेहाद छोड्नु भएको छ । मानव जातिले माम्साहारी बन्नु प्रकृति विरुद्ध कार्य भएकाले यसलाई पूर्णत निर्मुल गर्नुपर्ने विचारको सम्वाहक हनुहुन्छ न्यौपाने । मानव आहार बनेका जलचर माछा, भ्यागुता तथा सरीसृप प्रजाति स्थलचर बाघ, गाईभैंसी, पशु प्रजाति र नभचर चील, बाज परेवा प्रजाति पंक्षीका साथै किट पतङ्गका माध्यम मानवीय अहंकारका विरुद्ध जेहाद छोडेका प्रसङ्गलाई मूल विषय बनाइएको छ आत्मघात क्रान्तिमा ।

व्यासका अध्येता न्यौपानेको आत्मघात क्रान्तिको आद्योपान्त अध्ययन गर्ने सुअवसर मिल्यो । न्यौपाने हाम्रा पनि गुरु हुनुहुन्छ । गुरुद्वारा लिखित उपन्यासको समिक्षा गर्न खोज्नु दृष्टता मात्र होला । यस कृतिले दिन खोजेको सन्देश यथार्थ परक चित्र चित्रित गर्न नसकिएला । तर मनमा खुल्दुली नै चल्यो । जे होस समिक्षा गर्ने हिम्मत नै गरे। नेपालीमा सुन्नादेखि नौसम्मका अङ्क संख्याहरुमा आठ अङ्कलाई मायाको अङ्क र नौ अंकलाई अक्षय अर्थात ब्रहृम प्रतिक अङ्क मानिन्छ । भगवान वेदव्यास र उपन्यासकार न्यौपाने दुबैले मायाको अङ्क भन्दा अक्षय तथा ब्रहृमप्रतिक अङ्कलाई नै रोज्नु भएको छ । न्यौपाने स्वयंद्वारा रचित प्राय कृतिहरु अठार खण्ड तथा अध्यायमा बिट मार्ने गर्नु भएको छ । प्रस्तुत आत्मघात क्रान्ति उपन्यास उत्साह, मैत्री र उत्सर्ग प्रकरण गरी तीन भागमा विभाजन गरिएता पनि उपन्यासका तीनै प्रकरणहरुमा अठार/अठार खण्डहरु रहेका पाइन्छन । वेदव्यास श्रीकृष्ण द्वैपायनको एकाउन्न फिट अग्लो मूर्ति बनाउने संकल्प गरेको अठार वर्षपछि व्यासको एक सय आठ फिटको अग्लो मूर्ति निर्माण गर्ने परिकल्पना गर्नुपनि अनायसै संयोग जुटेको थियो । जुन कार्य पूर्ण गर्न व्यास क्षेत्र विकास कोष निरन्तर खटिइ रहेको छ । आदि सनातन हिन्दु धर्मका प्रणेता, पूर्वीय साहित्यका महान कवि, विश्वकै प्रथम गुरु तथा भगवान वेदव्यास श्रीकृष्ण द्वैपायनले लिपिवद्ध गर्नु भएका कृतिहरु चार वेद अठार पुराण, अठार उपपुराण, अठार औपपुराण, अठार अध्यायको श्रीमद्भगवत्गीता, अनेकौ श्रुति तथा स्मृतिहरु र स्वयं रचना गर्नु भएको अठार पर्वको महाभारतमा जसरी अठार अङ्कको तादम्यता पाइन्छ त्यसरी नै न्यौपानेजीका कृतिहरुमा पनि अठार अङ्क भेटिनु एउटा संयोग भने अवस्य मिलेको छ । किन यस्तो हुन गयो रचनाकारलाई नै थाहा होला ।

आत्मघात क्रान्तिको प्रथम र्सग उत्साह प्रकरणमा कथा यसरी सुरु गरिएको छ । शिकारी एकदम थकित थियो । थकित शिकारीलाई आरामको जरुरत थियो । आरामको लागि रुखको फेदमा पल्टिएको शिकारी मस्त निन्द्रामा पर्न गयो। निन्द्राबाट ब्यूझदा अन्धकारको बीचमा नजिकै उस्ले उज्यालो देख्यो । उज्याले भएतिरै गयो सिकारी। त्यहाँ हिंस्रक तथा अहिंस्रक सबै प्राणीहरुको जमघट थियो । उस्को नजिकै “माँ स भक्षयते परमाद् भक्षीयष्ये तमप्यहम्” एक महावाणी पनि टांगिएको थियो । कथाको सुरुवात यहीबाट हुन्छ, आत्मघमात क्रान्तिमा। यही महावाक्यको भूमरीमा कथाको पात्र एक युवक घोत्लिन पुगेको छ र सो को अर्थको जिज्ञासु बनेको छ ।

दशैं आयो । प्रत्येक मानिसको घरमा पशुहरु बलिको लागि ल्याईएको छ । कसैको घरमा बोका, कसैको घरमा राँगा छन भने कसैको घरमा हाँस कुखुराहरु भित्रिसकेका छन् । निम्तिएको कालले पशुपंक्षी चिन्तित छन् भने जालादीहरुको रवाफ देखाउने बेला आएको छ । सिकारका लागि मानिसले भाला, खुकुरी, बन्दुक लगायत सबै हातहतियारको प्रयोग गरेर पशुपंक्षीहरु माथि अन्याय अत्याचार गरेको छ । अनायस बन्दुकको आवाज आयो बनराज सिंह र मंत्री जम्बु लगायत साकाहारी मांसाहारी सबै पशुपंक्षीहरुमा असुरक्षाको भावाना महसुस भएको छ । अनादिकालदेखि पशुपंक्षी जातिहरुमा मानिसहरुले गरेको दमनका बिरुद्ध वनराजले नेतृत्व सम्हालेका छन मानव विरुद्धको संर्घष्ाको प्रतिक्रान्तिको । अबका दिनहरुमा एक पशुले अर्को पशुको, एक पंक्षीले अर्को पंक्षीको, एउटा माछाले अर्को माछाको हत्या हिंसा नगर्ने विषयमा सहमत हुनमा वनराज सिंहले आव्हान गरेका छन। आफैमा संघर्ष चर्केको छ । आफु लुकी-लुकी सिकार गरेको शंका गरेका छन स्याल, व्वाँसा, र्सप, ठूला हृवेल, मगरमाछा, चील, बाज, जुका जस्ता रक्त पिपासुहरु । मांसाहारीलाई खान नदिएर मार्ने विचार गरेको राय पोखेका छन् । पैतृक आनीबानी परिवर्तन गर्न नसकिने आवाज उठाउँदै छन् । आफ्नो पैतृक मांसाहार प्रवृती छोड्न तयार छैनन । पाकृतिक हिसाबले पाण्डा पूर्ण मांसाहारी जीव हो तर अहिले बाँस तथा वेतका टुसा तथा कलिला मुना खाएर जीवन यापन गर्न अभ्यस्त भइ सकेको छ । आफुलाई पूर्णत साकाहारी बनाएको छ । भालु, कुकुर तथा विराला मांसाहर प्राणी पनि साकाहार भएर बाँच्न सिकिसकेका छन् । मांसाहरीहरु मांसाहार त्यागेर साकाहार बन्न सक्छन भन्ने वकालत भएको छ । साथ दिएका छन जम्बु मन्त्री, चौवडा र जलचर, नभचर तथा स्थलचर सम्पूर्ण प्राणीहरु । सपनकोटको बैरीभञ्ज्याङ्गमा हुने विशालसभामा मानव विरुद्धको संघर्षमा ऐक्यमत प्रदर्शित गर्न राजी भएका छन् पशुपंक्षीहरु ।

मनमा रहेका संका तथा उपसंकाको बादलका माझमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिन तत्पर छन् मानवेतेर प्राणीहरु । बनराज, जम्बु र खरायोलाई लिएर अनेकौ स्थलचर, नभचर, जलचर विश्वभ्रमणका लागि निस्कन्छन् । अफि्रका, अस्ट्रेलिया, अमेरिका, युरोप, एसिया प्रसान्त सागर हुँदै विश्व भ्रमण गरेर नेपाल आइपुग्छन बनराज र उनका सहयोगी मानवेतर प्राणीहरु । मानवतेर प्राणीहरुको स्वजाति पहिचान कायम गर्न र स्वरक्षा गर्न ठ्यौकेखोला घोषण-पत्र जारी गरिन्छ । घोषणपत्रलाई गुरु मन्त्र मान्दै सबै मानवेतर प्राणीहरु आ-आफ्नो प्रतिवद्धता कायम गर्न एक साथ शपथ ग्रहण गर्दछन । उता मानव आफ्नो आर्थिक सामाजिक राजनैत्तिक र सांस्कृतिक हीत र उन्नतिका खातिर व्यावसायीक रुपमा लाखौं पशुपंक्षीको पालन तथा बधमा सक्रिय भएका थिए र अद्यापि गरी रहेकाछन्।

यता पशुपंक्षीको पालन एवं वध गरेर पाइदा उठाएकोमा मानव जाति गर्व गर्दै थिए भने उता मानव जाती दिनप्रतिदिन अझ हिंश्रक बनेकोमा पशुपंक्षीहरु चिन्तित भएका थिए । मानवमा मौलाएको राक्षसी प्रवृती विरुद्ध संखघोष गरेका थिए मानवेतर प्राणीहरु। उनीहरु आत्मघात क्रान्ति सफल बनाउन मानबका घरघरमा गएर बलीदानी गर्ने अभियान सुरु गरी सकेकाछन् । मानवका हिंसाजन्य कार्यको विरोधमा मानवेत्तर मांसाहार तथा साकाहार प्राणीहरु अन्त्यहीन अर्थात नान्तहिन क्रान्ति गरेका छन्। मानवेत्तर प्राणीले शरिर दान गरेर दयाको पराकाष्ठा देखाई रहेको थिए भने मानवले अर्काको शरीर खाएर क्रुरताको परकाष्ठा देखाइ रहेको थियो। मानवेतर प्राणीहरु साकाहारी बन्नमा लालयीत भएका छन। मानवलाई पनि साकाहारी बन्न निरन्तर उत्प्रेरित गरिरहेका छन्। रातभरको निन्द्रबाट झल्याँस बिउँझन्छन न्यौपाने। अहो ! कति लामो सपना देखियो…बाट आत्मघात क्रान्ति उपन्यासको अन्त्य गरिएको छ ।

उपन्यासका पात्रहरुमा लेखकले पूर्वीय साहित्य दर्शन अनुसार राजर्षि पात्रहरुलाई रोज्नु भएको छ । उपन्यासका प्रमुखपात्र वनराज सिंह बनाइएका छन् । मन्त्रीमा जम्बु स्याल बनेका छन । यहाँ उभयचर वोट विरुवा र निशाचर भूत प्रेतको बारेमा एक शव्द उच्चारण गरिएको छैन । कुनै विषय समावेश हुनु र कुनै विषय छुटनु ठिक थियो थिएन रचनाकारको हातमा छोडी दिउँ । मानिसको शरिर जल, पृथ्वी, अग्नि, वायु र आकास समेत पाँच महाभूत तत्वले बनेको हुन्छ । तर उभयचर प्राणी सागसब्जी रुख विरुवामा एकमात्र जलतत्व, स्थलचर विच्छी र्सप किरा फट्याङ्ग्राहरुमा जल र पृथ्वी दुइ तत्व, नभचर चराचुरुङ्ग्री पंक्षीहरुमा जल, पृथ्वी र अग्नि तीन तत्व र गाई भैंसी लगायतका पशुहरुमा जल, पृथ्वी, अग्नि, वायु चार तत्व रहेको हुन्छ । माथिको उक्ति अनुसार बोट विरुवा पनि प्राणी जगत पर्ने निश्चित छ । तर यस कृतिमा पशुपंक्षी सरह उभयचर अर्थात बोट विरुवालाई प्राणी सरहको दर्जा प्रदान गरिएको छैन । मांसभक्षक हिंस्रक जनावरहरु पनि नयाँ शिराबाट बाँच्ने अभ्यास गर्न तत्पर बनेको पाइन्छ । बाँच्नुको दोश्रो उपाय भनेको पूर्णत वनस्पती जगतमा निर्भर रहनु हो । वनस्पती जगतमा निर्भर रहनु भनेको वनको विनास गर्नु हो । वनको विनास भन्नु नै वातावरणीय असर पुर्‍याउनु हो । पशुपंक्षीको जिउन पाउने अधिकारको वकालत गर्दा घाँसपातको पनि जीउन पाउने अधिकारलाई पनि कुण्ठित बनाउन भएन भन्ने हो । पृथ्वीको Survivle the fittest सिद्धान्तलाई प्रस्तुत आत्मघात क्रान्ति उपन्यासले विर्सिएको महसुस भए जस्तो लाग्छ ।

यथार्थवादी सामाजिक उपन्यासको पाटो भन्दा फरक छ आत्मघात क्रान्ति । उपन्यासकार न्यौपानेले यस उपन्यासको माध्यमबाट आदर्शोन्मुख समाजको परिकल्पना गर्नु भएको छ । दलित, शोषित पीडित, सिमान्तकृत, मजदुरलाई नायक नबनाएर नायक भनेको उच्च घरानको हुनुपर्छ भन्ने मान्यतामा अडिएको छ आत्मघात क्रान्ति उपन्यास । अर्थात पूर्वीय साहित्य परम्परामा उभिएको छ भन्दा फरक पर्दैन होला । उहाँको सपनालाई विपनामा रुपान्तरित गर्न सपनकोटका अन्य वन्यजन्तुलाई त्यागेर बनराजलाई नायकको रुपमा उतारिएको छ । निरन्तरको प्रयत्नबाट सफलता हात लाग्ने विश्वास छ उपन्यासकारमा । यर्सथ अहिले उहाँ पूर्ण भन्दा पनि न्यून यथार्थवादको धरातलमा उभिने प्रयत्न गर्नु भएको छ । आधुनिक उपन्यासमा कथाकारिताले नयाँ मोड पाएको छ । कथाले पशु मनोविज्ञान भन्दा पनि त्यसका माध्यमबाट मानवीय मनोविज्ञानलाई सुक्ष्म रुपमा परिवर्तन हुने सन्देश प्रवाह गरेको छ । मानिसहरु आफ्नो खानपान, शरिर, संगत, विचार (भावना)र बोली लगायतका पाँच विषयमा शुद्धिकरण गर्न र मानिसहरु विद्यामान पाँच विकृतीहरु काम, क्रोध, लोभ, मोह र अहंकारका मैलोलाई तिलांजली दिइ हाम्रो मन बुद्धिको वशमा राख्न उत्प्रेरित गरेको छ । हामी हाम्रा पाँच कर्मेन्द्रिय र पाँच इन्द्रीयको वशबाट मूक्ति प्राप्त गर्न सकियो भने यही धरतीमा स्वर्गको सुखनाभूत गर्न सकिनेमा यस कृतिले जोड दिएको छ ।

अन्त्यमा वास्तवमा आत्मघात क्रान्ति उपन्यासको मूल कथा एक रातमा देखिएको सपनामा आधारित छ । सपना र विपना एक अर्कामा भिन्नता राख्दछन । विपना सत्य हो तर सपना कल्पना हो । कहिलेकाँही सपना पनि विपनामा परिणत हुन्छ । न्यौपाने स्वयं साकाहारी हुनुहुन्छ र अरुलाई पनि साकाहारी बन्न उत्प्रेरित गरिरहनु भएको छ । धार्मिक कारणले होस या वैज्ञानिक कारणले पनि मानव साकाहारी प्राणी हो र साकाहार बन्नुपर्छ भन्ने वकालत गर्नुहुन्छ । उहाँ कानुनको विद्यार्थी भएर पनि पेशाले भने वकिल बन्नु भएको छैन । वकिलको हैसियतमा हेर्दा उहाँको दलिल कमजोर छ आत्मघात क्रान्तिमा । आन्दोलन नान्तहिन होइन, आन्दोलनले सफलताको शिखर चुम्नुपर्छ । तर उहाँ सम्झौता परस्त हुनुहुन्छ । मुद्दाको फैसला निर्णयबाट होइन मेलपिलापको नीति अप्नाउन चाहनु हुन्छ । अन्याय जान्दाजान्दै उहाँ अरुलाई चिढाउन चाहनु हुन्न । आफ्नो घर बनाउन अरुको धुरी उजाड हुनुपर्छ भन्ने मान्यता उहाँमा पाईदैन । न्यौपानेजीको विचार सफल बनोस । न्यौपानेको सपना साकार होस । हाम्रो पनि शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker