वित्तीय हस्तान्तरण: आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहले कति पाए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको सीमा सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८३–८४ मा वित्तीय हस्तान्तरण उपलब्ध गराइने घोषणा गरिएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण, समपूरक, विशेष र सशर्त अनुदानमार्फत रकम हस्तान्तरण गरिने भएको हो ।

स्थानीय र प्रदेश सरकारले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार योजना छनोट गरी खर्च गर्न पाउने वित्तीय समानीकरण अनुदानतर्फ आगामी आर्थिक वर्षमा लागि प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यस्तै, पूर्वाधार आयोजना र विशेष कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि सरकारले समपूरक र विशेष अनुदान छुट्याएको छ । समपूरक अनुदानमा प्रदेशका लागि ४ अर्ब ६० करोड र स्थानीय तहका लागि ८ अर्ब ९३ करोड उपलब्ध गराइने भएको छ ।

प्रदेशका लागि ३ अर्ब ८२ करोड विशेष अनुदान छुट्याउँदा स्थानीय तहका लागि ९ अर्ब ४० करोड अनुदान छुट्याइएको छ । साथै संघीय सरकारका निश्चित आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहमा क्रमशः ३९ अर्ब ७२ करोड र २०६ अर्ब ८ करोड सशर्त अनुदान विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँडबाट मात्रै कुल १७५ अर्ब हस्तान्तरण हुने अनुमान छ । समग्रमा आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड (रोयल्टी समेत) र चार वटै प्रकारका वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा कुल ६०० अर्ब भन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker