जनज्योति क्याम्पसको अध्यक्षमा पुनः आले चयन, क्याम्पस प्रमुखलाई सम्मान

भञ्ज्याङन्यूज

तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसको पाँचौ अधिवेशनले जीतप्रकाश आलेको अध्यक्षतामा र्सवसहमत रुपमा क्याम्पस सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समितिको सदस्यहरुमा शारदा खनाल, उमाकान्त श्रेष्ठ, जीवनाथ अर्याल, मौसम शर्मा गैह्रे, इन्दिरा खड्का, चुडामणि खनाल, मिलन आले, नरेन्द्र थापा, कृष्णकला सुवेदी, पदमराज सेन, श्यामसुन्दर जोशी, हरि प्रसाद सुवेदी र सदस्य-सचिव केशवराज काफ्ले चयन भएका छन् ।

क्याम्पसको सामाजिक परीक्षण समितिको संयोजकमा चन्द्रप्रकाश सुवेदी र सदस्यहरुमा उदयराज सुवेदी, दिनानाथ पराजुलीलाई चयन गरिएको छ ।

यस्तै, क्याम्पस प्रमुख केशवराज काफ्लेलाई उत्कृष्ट प्रशासनिक कार्य गरेको भन्दै सम्मान गरिएको छ । क्याम्पसको १६औं वार्षिकोत्सव, नवनिर्मित भवन उद्घाटन एवं पाँचौ अधिवेशनको अवसरमा क्याम्पसको प्रशासनिक सेवामा आफूलाई समर्पित गरेको बन्दै सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

क्याम्पस प्रमुख काफ्लेलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगर र क्याम्पसका अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक एवं भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले सम्मान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker