तनहुँमा डेंगी संक्रमितको संख्या बढ्दो, ९१४ जनामा संक्रमण पुष्टि

दमौली । तनहुँमा पछिल्लो केहीदिन यता डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । गत वर्ष व्यास नगरपालिकामा महामारिकै रुपमा फैलिएको डेंगी संक्रमण यस वर्ष आँवुखैरेनीमा डेंगी संक्रमितको संख्या धेरै देखिएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लामा सोमबारसम्म ९१४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार सबै भन्दा बढी संक्रमित आँवुखैरेनी गाउँपालिकामा ६८८ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार शुक्लागण्डकी नगरपालिकामा ११७ जना, व्यास नगरपालिकामा ५८ जना, बन्दीपुर गाउँपालिकामा ४१ जना, म्याग्दे गाउँपालिकामा ७ जना र भिमाद नगरपालिकाका ३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
गत वर्ष तनहुँमा ८ हजार बढी जनामा डेंगी संक्रमण पुष्टि भएको थियो भने ५ जनाको मृत्यु भएको थियो । यस वर्ष व्यास नगरपालिका–७ का एक पुरुषको डेंगी संक्रमणका कारण मृत्यु भइसकेको छ ।
यस्तै, पालिकामा डेंगी संक्रमितको संख्या बढ्दै गएपछि आँवुखैरेनी अस्पतालमा डेंगीको परीक्षण र संक्रमितको उपचार निःशुल्क गरिएको छ । आबुँखैरेनी अस्पतालले सोमबार सुचना जारी गर्दै डेंगी संक्रमणका कारण उत्पन्न भएको संकटको समयमा आवश्यक स्वास्थ्य सेवाको पहुँच सबै नागरिकमा पु¥याउने उद्देश्यका साथ प्रराम्भिक लक्षण देखिएका सम्पूर्ण व्यक्तिलाई चिकित्सकको सल्लाह बमोजिम आबुँखैरेनी अस्पतालमा निःशुल्क परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार सेवा उपलब्ध गराईने जनाएको छ ।
आबुँखैरेनी अस्पतालका अध्यक्ष एवं आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गरिव तथा विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, वेवारिसे, असाहय, साहारा विहन अशक्त, अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा दिइने बताए ।
यस्तै बन्दीपुर गाउँपालिकामा पनि डेंगी संक्रमितको संख्या बढ्दै गएपछि डेंगी रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पुर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गाउँपालिकामाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले डेंगी संक्रमण फैलन नदिनका लागि सबै सचेत हुनुपर्ने बताएका छन् । उनले डेंगी संक्रमण फैलन नदिनका लागि डेंगी संक्रमण फैलाउने लामखुट्टे बस्ने सम्भावित ठाउँको पहिचान गरी ‘खोजौ र नष्ट गरौं’ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker