बालविवाह मुद्दामा तनहुँ अदालतद्वारा पाँच जनालाई कैद फैसला

भञ्ज्याङ न्यूज

तनहुँ जिल्ला अदालतले बालविवाह मुद्दामा पाँच जना अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले कैद फैसला सुनाएको हो ।

तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार पाँचै जना अभियुक्तलाई जनही १८ दिनको कैद फैसला र उनीहरूविरुद्ध जनही दुइ हजार रुपैयाँका दरले जरिवाना भएको छ ।

व्यास नगरपालिका-५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास- ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताए ।

जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् । प्रहरीले निजविरुद्ध वि.सं. २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker