पर्यटन प्रवर्द्धनका लागि पुस ९ गतेबाट प्रथम भानु महोत्सव गरिदै

भानु : तनहुँको भानुमा आगामी पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ हुने भएको हो। ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिकामा आयोजना गरिएको महोत्सव सफल बनाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको नगर प्रमुख त्रिपाठीको भनाई रहेको थियो ।
भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठको भनाइ थियो । पत्रकार सम्मेलनमा महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीहरु राखिने बताए । प्रवक्ता श्रेष्ठका अनुसार महोत्सवमा १२० वटा स्टलहरु रहने छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार स्वदेशी र विदेशी पर्यटक गरी एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव भानु नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणका लागि आयोजना गरिएको समेत प्रवक्ता श्रेष्ठले बताए। त्यस्तै प्रवक्ता श्रेष्ठले महोत्सव आयोजना गर्न विभिन्न समितिहरु समेत गठन गरिएको जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker