माथीबाट ढुङ्गा खस्दा तनहुँ हाइड्रोपावरका एक मजदुरको मृत्यु, एक घाइते

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणधिन तनहुँ हाइड्रोपावरको सुरुङ मार्ग भन्दा बहिरा माथीबाट ढुङ्गा खस्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ–१ मालिङगाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए ।

सुरुङ मार्ग भन्दा बहिरा शनिबार दिउँसो करिव ४ बजे ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागेको पुलामीलाई दमौली अस्पतालमा उपचारको लागि ल्याइएकोमा चिकित्सकले मृत घोषण गरेको प्रहरी नायव उपरीक्षक रायले बताए । यस्तै, लमजुङ सुन्दरबजार नगरपालिका–२ का ५१ वर्षीय समलाल श्रेष्ठ घाइते भएका छन् । रत्नहरी अस्पतालमा उपचरत श्रेष्ठको बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker