तनहुँमा एमाले उम्मेदवार टुंगियो, गण्डकीमा को को भए एमालेका उम्मेदवार ?

भञ्ज्याङ न्यूज

तनहुँ । आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा एमालेका उम्मेदवार टुंगिएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएको हो ।

तनहुँ-१ को प्रतिनिधिसभामा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ । प्रतिनिधिसभामा तालमेल हुन सक्ने सम्भावना रहेकाले उम्मेदवारको टुंगो लगाइएको छैन ।

तनहुँ १ प्रदेश १ मा रामबहादुर गुरुङ र प्रदेश २ मा पूर्णबहादु गुरुङ उम्मेदवार बनेका छन् । रामबहादुर २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पूर्णबहादुर भने केही समय अगाडी एमाले प्रवेश गरेका हुन् ।

यस्तै, तनहुँ-२ को प्रतिनिधिसभामा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ उम्मेदवार बनेका छन् । २०७४ मा प्रदेशसभामा विजयी भएर अर्थमन्त्री बनेका गुरुङ यसपटक संघमा निर्वाचन लड्न लागेका हुन् ।

तनहुँ २ प्रदेश १ मा श्यामराजा महत र प्रदेश २ मा केदार सिग्देल उम्मेदवार बनेका छन् । सिग्देल २०७४ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

गण्डकी प्रदेशमा एमालेको उम्मेदवार :

यस्तै, नेकपा एमालेले गण्डकी प्रदेशका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । तर टिकट वितरणपछि एमालेमा भने त्रि्र असन्तुष्टी बढेको छ ।

एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङलाई प्रतिनिधी सभामा र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रदेश सभामा टिकट दिएपछि उनीहरु नै असन्तुष्ट छन् ।

यी हुन् गण्डकीमा एमाले उम्मेदवारहरुः

कास्की-१
प्रतिनिधि सभा
मनबहादुर गुरुङ

प्रदेश सभा
खगराज अधिकारी र श्यामराज गुरुङ

कास्की-२
प्रतिनिधि सभा
बिद्या भट्टर्राई

प्रदेश सभा
मीन कार्की र मिना गुरुङ

कास्की-३
प्रतिनिधि सभा
दामोदर बैरागी

प्रदेश सभा
गणेशमान गुरुङ र राजिब पहारी

मनाङ
प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ

प्रदेश सभा टुंगो लाग्न बाँकी

लमजुङ
प्रतिनिधि सभा
पृथ्वी सुब्बा गुरुङ

प्रदेश सभा
कृष्ण अधिकारी र जमिन्द्रमान घले

मुस्ताङ
प्रतिनिधि सभा
प्रेम तुलाचन

प्रदेश सभा
चन्द्रमोहन गौचन र इन्द्रधारा बिष्ट

बागलुङ-१
प्रतिनिधि सभा
सुर्य पाठक

प्रदेश सभा
हिरा केसी र नवराज पौडेल

बागलुङ-२
प्रतिनिधि सभा
मन्जु चालिसे

प्रदेश सभा
प्रकाश घर्ती र लक्ष्मण पुन

नवलपुर-१
प्रतिनिधि सभा
कृष्ण पौडेल

प्रदेश सभा
रविन्द्र अधिकारी र रोसन गाहा मगर

नवलपुर-२
प्रतिनिधि सभा
तिलक महत

प्रदेश सभा
पद्मा बिसि र लक्ष्मण पाँण्डे

गोरखा-१
प्रतिनिधि सभा
राम शरण बस्नेत

प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट

गोरखा-२
प्रतिनिधि सभा
अबुदुस मिया

प्रदेश सभा
राजु राना र बसन्त गुरुङ

स्याङजा-१
प्रतिनिधि सभा
नारायण मरासिनी

प्रदेश सभा
मिन प्रसाद गुरुङ र सुधिर पौडेल

स्याङजा-२
प्रतिनिधि सभा
पद्मा अर्याल

पर्वत
प्रतिनिधि सभा
पदम गिरी

प्रदेश सभा
भक्त कुवँर र मित्रलाल शर्मा

म्याग्दी
प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ

प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केसी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker