तनहुँ जलविद्युत आयोजनाको सीपमूलक तालिम सम्पन्न, २० जना लाभान्वित

दमौली : तनहुँ जलविद्युत आयोजनाद्वारा ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित मस्टो लाफा भेजा (महिला समूह) का सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने बेमौसमी तरकारी खेती तथा एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

आयोजना प्रभावितहरूको जीविकोपार्जन पुनर्स्थापना तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा मगर समुदायका २० जना (१७ महिला र ३ पुरुष) को सहभागिता रहेको थियो। चैत २६, २७ र २८ गते सञ्चालन भएको तालिम शनिबार समापन गरिएको हो।

तालिमका क्रममा सहभागीहरूलाई बेमौसमी तरकारी खेतीसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै हाते ट्याक्टर, बीउविजन, टनेल खेतीका उपकरण तथा हजारीलगायतका सामग्री वितरण गरिएको छ। साथै तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको जीविकोपार्जन सुधार र आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आयोजनाले यसअघि पनि प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, बाख्रापालन, तरकारी खेती तथा वित्तीय साक्षरता जस्ता विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिसकेको छ। हालसम्म ३० भन्दा बढी कार्यक्रममार्फत ६१८ जना (३३९ पुरुष र २७९ महिला) लाभान्वित भइसकेका छन्।

तालिमसँगै किसानलाई आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराइँदा उनीहरूको उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजनाले जनाएको छ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker