म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाख बजेट पारित

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ । सोमबार आयोजित २०औं अधिवेशनले आगामी वर्षका लागि बजेट पारित गरेको हो। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बजेट पारितका लागि सभामा निर्णयाार्थ पेश गरेकामा सभाले सर्वसम्मत बजेट पारित गरेको हो ।
सभाले आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
गत असार ८ गते आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेका थिए । विनियोजित बजेटमध्ये चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको छ ।
आर्थिक विकास समितितर्फ रु चार करोड १८ लाख, सामाजिक विकास समितितर्फ रु ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ रु २५ करोड ३९ लाख ६८ हजार चार सय ५०, वन वातावरण विपद् समितितर्फ रु ८७ लाख, कार्यालय सञ्चालन, सुशासन समितितर्फ रु १० करोड ७१ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।










