व्यास नगरपालिकाद्वारा कृषकलाई आलुको बीउ वितरण

व्यास नगरपालिकालाई आलुको बीउमा आत्मनिर्भर बनाउन कृषक समूहलाई आलुको बीउ वितरण गरिएको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको बताएको छ।

काभ्रेपलाञ्चोकबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूह मार्फ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले बताए । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताए ।

हरेक वर्षबाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ उत्पादनका लागि ११ समूहलाई बीउ वितरण गरिएको छ । “सधैँ बाहिरी जिल्लाबाट ल्याएर वितरण गर्दा आत्मनिर्भर बनाउन सकिएन, अब नगरपालिकाभित्रै आलुको बीउ उत्पादन गर्ने र यही उत्पादन भएको बीउ कृषकलाई वितरण गर्ने लक्ष्य छ”, उनले बताए ।

बीउ उत्पादनका लागि व्यास-५ स्थित सिन्धु सहकारी र हरियाली कृषक समूहलाई ३०/३० क्विन्टल आलु वितरण गरिएको छ । हरियाली कृषक समूहका अध्यक्ष रविचन्द्र आचार्यले समूहमार्फ दश रोपनी क्षेत्रफलमा आलुको बीउ लगाउने तयारी गरिएको जानकारी दिए ।

नगरपालिकाले खाने आलु वितरणका लागि भने वडा कार्यालयलाई जिम्मा दिएको छ । कृषकलाई वितरणका लागि दुइ पटकसम्म बोलपत्र आहृवान गरे पनि कसैले नभरेका कारण वडा कार्यालयमार्फ नै आलुको बीउ वितरणको जिम्मा दिइएको कृषि शाखाले जनाएको छ। नगरपालिकामा करीब ६ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ। आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फआकषिर्त हुँदै गइरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker