कृषि उपज बजारीकरणको माध्यम बन्दै नवौं तनहुँ महोत्सव स्थल

दमौली : तनहुँ उद्योग वाणिज्य संघले स्थानीय कृषकको उत्पादनलाई बजारीकरणको लागि मद्दत गरेको छ । सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर संघले किसानलाई मद्दत गरेको हो ।
संघले पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानी र दमौलीमा बिक्रीको लागि निःशुल्क स्टल उपलब्ध गराएको छ । तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गतेबाट सुरु गरिएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा यस महोत्सवमा किसान तथा घरेलु हस्तकलाका सामग्री बिक्रीको लागि ४० वटा स्टल निःशुल्क उपलब्ध संघले सहयोग गरेको हो ।
“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकता सो संख्यामा स्टल निःशुल्क उपलब्ध गराईएको आयोजकले जनाएको छ ।
किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको र किसानलाई निःशुल्क स्टल उपलब्ध गराईएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए । मिश्रले भने, ‘उपभोत्तालाई सिधै बिक्रीको प्रबन्ध गरेर किसानलाई फाइदा हुने व्यवस्था मिलाएका हौं ।’
बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको मिश्रले बताए ।
कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिएको छ ।
महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिएको छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गरिएको छ । महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव सुवोध अधिकारी बताए ।
संघले महोत्सवको आयोजना गरेर निःशुल्क स्टल उपलब्ध गराएकोले बिचौलीया मार्फत नभई सिधै बिक्री गर्न पाउँदा राम्रो मूल्य पाएको व्यास नगरपालिका –११ तनहुँसुरका सुन्तला कृषक केबी थापाले बताए । महोत्सवमा आफ्नो समान राम्रोसँग बिक्री भईरहेको र प्रचारप्रचारमा समेत टेवा पुगेको व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फमको सञ्चालिका कल्पना गौलीले बताइन्।

महोत्सवमा राष्ट्रिय कलाकारहरुले दर्शक नचाए

महोत्सवको चौथो दिन आइतबार चर्चित गायक तथा गायिकाहरु सुप्रिम मल्ल, गायक बाबुकृष्ण परियार, बबिता किराँती, सरिता सारुले दर्शक नचाउनु भएको थियो  । गायक परियारले कोदो रोप्दा लागेको पीरती र आमा बोलको गीत गाउँदा दर्शक भावुक भएका थिए ।

बद्री पँगेनी र ऐलिना चौहान आउँदै

यसैगरी सोमबार चर्चित लोक दोहोरी गायक बद्री पँगेनी र गायिका एलिना चौहानले प्रस्तुती दिनु हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्ले बताए । यसैगरी गायिका मञ्जु बिक र सुभद्रा श्रेष्ठ लगायत कलाकारले समेत प्रस्तुति दिने उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker