छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी तीव्र

आँवुखैरेनी : तनहुँको उच्च पहाडी भू–धराताल छिम्केश्वरी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । यही कातिक ८ देखि १५ गतेसम्म तनहुँको आँबुखैरेनी गाउँपालिका–३ अमिलिबोटेस्थित आँबुखैरेनी हाटबजारमा आयोजना छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको हो ।

महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङको अध्यक्षता र गाउँपालिका अध्यक्ष शुक्र चुमानको उपस्थितिमा सोमबार महायज्ञ तयारी बैठक सम्पन्न गरिएको छ । बैठकमा विभिन्न समिति–उपसमिति, समाजसेवी, धार्मिक अगुवा र स्थानीयवासीहरूको सहभागितामा महायज्ञ सञ्चालनका विषयमा छलफल गरिएको थियो ।

उक्त बैठकमा महायज्ञ सफल बनाउन व्यवस्थापन, आर्थिक संकलन, यज्ञस्थल सरसफाइ, आवास तथा भोजन, सुरक्षा व्यवस्था लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, स्वेच्छिक सहयोग र श्रमदान सम्बन्धी योजना पनि प्रस्तुत गरिएको बताइएको छ ।

प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक रहेन महायज्ञ अवधिभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । तीमध्ये कलश यात्रा, श्रीमद्भागवत पाठ, पुलपाठ, १०८ सालीग्राम परिक्रमा, झाँकी प्रदर्शनी, आरती–पुष्पाञ्जली र टिका–प्रसाद वितरण रहेका छन् ।

त्यस्तै, महायज्ञको अवसरमा इच्छुक दाताहरूले पितृ उद्धारार्थ वैदिक कर्म, तुलादान, धान्याञ्चल, ग्रहशान्ति पूजन गराउन सक्नेछन ्। सहयोग स्वरूप तामा, पित्तल, चरेस, ढलोट, धान, चामल, पिठो, घ्यू तथा अन्य खाद्यान्न सामग्री दान गर्न सकिने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

महाभारत पर्वत श्रृंखलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी (बुढीदेवी) मन्दिर क्षेत्रको विकास र संरक्षणलाई दृष्टिगत गरी आयोजना हुन लागेको यो महायज्ञ छिम्केश्वरी पर्यटन विकास समिति, छिम्केश्वरी मन्दिर संरक्षण समिति र महायज्ञ मूल समारोह समितिको संयुक्त आयोजनामा हुन लागेको हो । महायज्ञबाट करिब १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker