गाउँपालिका र जिससको साझेदारीमा वडा कार्यालय भवन निर्माण

भञ्ज्याङ न्यूज

देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट-२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख रुपैयाँ र गाउँपालिकाको ४० लाख रुपैयाँ गरी कूल ८० लाख रुपैयाँ लागतमा वडा भवन निर्माण गरिएको हो । स्थानीय रामचन्द्र थापाले करिब आठ लाख रुपैयाँ मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए ।

वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गर्दै आइएको छ । उनले भने, ‘विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ।’ साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० वटा दुर्गम वडा गाँभेर हालको देवघाट-२ नं. वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ ।

उनले भने, ‘सेवा लिन आउने सेवाग्राहीले एक दिन नै बिताउनुपर्ने बाध्यता रहेको छ ।’ वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ । हाल वडाको कामकाज सोलारपावर जडान गरी सञ्चालन गर्दै आइएको वडाध्यक्ष आलेले बताए । वडाका सबै क्षेत्रका बासिन्दालाई मध्यबिन्दु पर्ने गरी वडा कार्यालय स्थापना गरिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले सेवा लिन कठिनाइ भोग्नुपरेको छ । सबै क्षेत्रमा सडक सञ्जाल नपुगेकाले कम्तीमा चार घण्टादेखि साढे पाँच घण्टासम्म हिँडेर वडामा आएर सेवा लिनुपर्ने दयनीय अवस्था छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker