तनहुँमा वन्यजन्तुबाट क्षति व्यहोरेकालाई रु सात लाख राहत वितरण

दमौली : डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा वन्यजन्तुबाट क्षति ब्यहोरेकालाई रु सात लाख नगद  राहत वितरण गरेको छ । कार्यालयले वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० बमोजिम जनही रु सात लाख ३९ हजार ३७० राहत वितरण गरेको हो ।
बाँदर र भालुको आक्रमणबाट घाइते भएकालाई रु दुई लाख १८ हजार १२०, पशुधन क्षती  ब्यहोरेकालाई रु ९८ हजार, बाँदरबाट कृषिबाली क्षति भएकालाई रु चार हजार २५०, पशुधन र कृषिबाली क्षति ब्यहोरेकालाई रु चार लाख १९ हजार राहत वितरण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
रानाभाटले वन्यजन्तु र मानवबीचको द्वन्द्व चुनौतीका रूपमा देखिन थालेको उल्लेख गर्दै वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै जानु, जङ्गल आसपास मानव बस्ती विस्तार हुनु तथा खाद्यान्नको खोजीमा वन्यजन्तु बस्ती क्षेत्रमा प्रवेश गर्नु मुख्य कारण रहेको बताए ।
उनले वन्यजन्तुबाट क्षति ब्यहोरेका नागरिकले सम्बन्धित वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समूह वा डिभिजन वन कार्यालयमा समयमै जानकारी गराउनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।
तनहुँका व्यास, भानु, शुक्लागण्डकी, बन्दीपुर, घिरिङ, म्याग्दे तथा आँबुखैरेनी क्षेत्रका विभिन्न ग्रामीण बस्तीमा बाँदर र अन्य वन्यजन्तुका कारण कृषिबाली तथा पशुधनमा क्षति पुग्ने समस्या बर्सेनि दोहोरिने गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker