राष्ट्रिय परिचयपत्रको सकस

जिल्ला प्रशासन कार्यालय तनहुँमा सोमबार अक्सिजन सिलिण्डर सहित राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउन आएकी ब्यास नगरपालिका–१३, तनहुँकी ७४ वर्षीया गम्भीरमाया पन्थ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ती सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरेका थिए ।
आगामि आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले प्रशासनमा अहिले दैनिक सयौको भीड लाग्ने गरेको छ । बिहानैदेखि लाइन बसेपनि ४/५ दिनसम्म पनि पालो नपाउँदा सेवाग्राहीले सास्ती झेल्दै आएका छन् । तस्विर : भञ्ज्याङ