डुम्रेको चुँदी खोला अतिक्रमण रोकिएन

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार स्थित चुँदीखोला अतिक्रमण गरी निर्माण गरिएका घर र नदी कटानबाट घरलाई जोगाउन खोलामै निर्माण गर्दै गरिएको तटबन्धन । बन्दिपुर-१ र भानु नगरपालिका-१ को सिमानामा रहेको चुँदीखोलाको भानु नगरपालिका तर्फ नदी अतिक्रमण गरी भौतिक संरचना निर्माणमा रोक लगाइएपनि बन्दिपुर तर्फभने धमाधम नदीको वहाव क्षेत्रलाई नै प्रभावित पार्ने गरी भौतिक पूर्वाधार निर्माण गर्दै आइएको छ । यता नदीको वहाव क्षेत्रलाई नै प्रभावित पार्ने गरी बनेका घर तथा भौतिक पूर्वाधारलाई नियमन गर्ने नियमक निकाय गाउँपालिका मौन बसेको स्थानीयको आरोप छ । वडा कार्यालयको स्वीकृतिमा व्यक्तिले नै नदीको वहाव क्षेत्रमै तटबन्ध निर्माण कार्य अगाडि बढाइएको स्थानीयले बताउन थालेका छन्। तस्विर : भञ्ज्याङ










