राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीमा बराल

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीको नेतृत्व याम बरालले पाएका छन् । शनिबार दुलेगौडामा भएको पार्टी अधिवेशनले बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्वत चयन गरेको हो । समितिको उपाध्यक्षमा रामकुमारी भुषाल, सचिव प्रभात गिरी, कोषाध्यक्ष जावेद अख्तार, सहसचिव विवश घिमिरे र सदस्यहरुमा सुजित पौडेल, विजय थापा, बसन्त मल्ल, तेजकुमारी मल्ल, इश्वर बहादुर शाही, मिना मल्ल, आकाश कुवंर, सुरेन्द्र थापा, संगम कुवंर चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल ४ बर्षको हुने बताइएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पुर्व महिला तथा बालबालिका मन्त्री तथा राप्रपाका केन्द्रीय सदस्य दुर्गा श्रेष्ठले अहिले नेताहरुको राजनीति राष्ट्र विकासका लागि नभई स्वार्थपुर्तिका लागि हुने गरेको बताइन । उनले वर्तमान अवस्थामा भइरहेको राजनैतिक घट्नाक्रमले देशमा अस्थिरता र अशान्ति सिर्जना गरेको बताउँदै राजनीतिक स्थायित्वका लागि राजतन्त्र स्थापना हुनु अति आवश्यक रहेको जिकिर गरिन् ।

उनले भनिन् ‘हामी गणतन्त्रको विरोधमा छौँ, राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनताको सुरक्षा छैन, देश चलाउने शिर्ष नेताहरु भनिएकाहरु अरुको इशारामा मुलुकलाई चलाइरहेका छन् । राष्ट्रको स्वाभिमानको कुनै अस्तित्व छैन । संघीयता लागु गरेर देशलाई टुक्राउने र फुटाउने काम भएको छ ।’

नगर कमिटीका अध्यक्ष नारयण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा कार्यसम्पादन समितिका केन्द्रीय सदस्य राजेन्द्र अधिकारी, केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष विनोद घर्ति, जिल्ला उपाध्यक्ष तथा सीता थापा, नगर कमिटीका सचिव सिद्धबहादुर खाँड ठकुरी लगायतले राप्रपामा युवाहरुको आकर्षा बढेको भन्दै आफुहरुको जित सुनिश्चित रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker