शुक्लागण्डकी नगरपालिकाले गरेको शिक्षक सरुवा अदालतद्वारा बदर

भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले गरेको शिक्षक सरुवा उच्च अदालत पोखराले बदर गरिदिएको छ । यसअघि अदालतले नगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएकामा मंगलबार फैसला सुनाउँदै उक्त निर्णय बदर गरेको हो ।

नगरपालिकाले शिक्षक सरुवा गरेको विरोधमा शिक्षकहरुले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । शिक्षकले मुद्दा जितेपछि न्याय पाएको बताएका छन् ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी तथा विपक्षीमध्ये प्रमुख प्रशासकीय अधिकृत, शुक्लागण्डकी नगरपालिकाका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधीवक्ता रामप्रसाद अधिकारी तथा अधिवक्ता दयाराम गौतमले बहस गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker