फाेटाे फिचर
-
३१ चैत्र २०७७, मंगलवार ११:०६सिलाइकटाइ तालिम उद्घाटन
तनहुँको व्यास नगरपालिकाले वडा नं. ६ बाह्रबिसेमा सञ्चालन गरेको सिलाइकटाइ तालिमको मेशिन चलाएर उद्घाटन गर्दै नगर उपप्रमुख मीरा जोशी । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत नगरपालिकाले एकमहिने तालिम आयोजना गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ चैत्र २०७७, मंगलवार ११:०३राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
तनहुँको बन्दिपुर गाउँपालिकाले विद्यार्थीहरु बीच सञ्चालन गरेको तेश्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत कबडी खेल प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरु । तस्विर: शिवकुमार श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० चैत्र २०७७, सोमबार १३:१७बन्दिपुरमा राष्ट्रपति रनिङ्गशिल्ड
तनहुँको बन्दिपुर गाउँपालिकाले आइतबारदेखि बन्दिपुरको भानु माध्यमिक विद्यालय प्राङ्गणमा सञ्चालन गरेको तेश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भलिबल खेलमा प्रतिस्पर्धा गर्दै सहभागि विद्यार्थी खेलाडीहरु । विद्यार्थीहरु बीच विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा गराइदै छ। तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ चैत्र २०७७, आईतवार ११:३५बन्दिपुरमा निर्माणाधिन मिनी ग्रेटवाल
तनहुँको बन्दिपुर गाउँपालिका-२ स्थित मुकुन्देश्वरीमा निर्माणधिन चार किलोमिटर दुरीको मिनीग्रेटवाल । पछिल्लो समय बन्दिपुरको मिनीग्रेटवाल हेर्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ चैत्र २०७७, शुक्रबार ११:३५तनहुँसुरमा कालिका मन्दिर पुनःनिर्माण
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित ऐतिहासिक खड्गकालिका मन्दिर पुनःनिर्माण कार्यमा खटिएका कालिगढहरु । पुरातत्व विभागको ५० लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माण कार्य भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ चैत्र २०७७, शुक्रबार ११:३०तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
तनहुँको आँवुखैरेनी गाउँपालिकाले आयोजना गरेको तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विहीबार शुभारम्भ गर्दै गाउँपालिकाकी उपाध्यक्ष पुष्पदेवी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल । गाउँपालिकाले विद्यार्थीहरु बीच वडा नं. २ स्थित मार्किचोकको रंगशालामा विद्यार्थीहरु बीच विभिन्न विधाको खेलकुदमा प्रतिस्पर्धा गराउँदै छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ चैत्र २०७७, बिहीबार ११:१३वातावरण सम्बन्धी सचेतना कार्यक्रम
डिभिजन वन कार्यालय तनहुँले व्यास नगरपालिकाको तनहुँसुरमा आयोजना गरेको वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागि स्थानीयहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ चैत्र २०७७, बिहीबार ११:०८एम्बुलेन्स सेवा शुभराम्भ
तनहुँको म्याग्दे गाउँपालिकाले विश्व स्वास्थ्य दिवसको अवसर पारि एम्बुलेन्स सेवा सञ्चालनको शुभारम्भ गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी राना । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ चैत्र २०७७, बिहीबार ११:०४स्वास्थ्य दिवसमा सुगर परीक्षण
विश्व स्वास्थ्य दिवसका अवसरमा जिल्ला स्वस्थ्य कार्यालय तनहुँले बुधबार दमौलीमा आयोजना गरेको स्वास्थ्य सचेतना कार्यक्रममा स्वास्थ्य परीक्षण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस