मुस्ताङको पहिचान बोकेको रेडियो भवन

मुस्ताङ ब्रोड्कास्टिङ्ग कम्यूनिटी मुस्ताङको सञ्चार इतिहासको एउटा प्रेरणादायी अध्याय हो । स्थानीय सञ्चारको पहुँच विस्तार गर्ने उद्देश्यका साथ स्थानीय कुलबहादुर थकाली र केदारसिंह थापाको पहलमा स्थापना गरिएको यो सामुदायिक रेडियो केन्द्रलाई सन् २०१३ मा दक्षिण कोरियाको KOICA/MBC को सहयोगमा स्थानीय ढुङ्गा प्रयोग गरी आधुनिक स्वरूप प्रदान गरिएको थियो ।

मौलिक हिमाली वास्तुकला, स्थानीय ढुङ्गाबाट बनेको आकर्षक संरचना र अत्याधुनिक प्रसारण स्टुडियोका कारण यो रेडियो भवनलाई एक समय ‘विश्वकै सुन्दर रेडियो स्टेशन’ मध्ये एकका रूपमा समेत चर्चा गरिन्थ्यो। सञ्चार पूर्वाधार र स्थानीय संस्कृतिको उत्कृष्ट समन्वयको नमुना बनेको यो केन्द्र मुस्ताङको गौरवका रूपमा परिचित रह्यो ।

यद्यपि आर्थिक तथा सञ्चालनसम्बन्धी चुनौतीका कारण हाल यसको प्रसारण सेवा बन्द भइसकेको छ । तर, यो भवन आज पनि सामुदायिक सञ्चार, स्थानीय पहल र ठूलो सपनाको सजीव प्रतीकका रूपमा उभिएको छ ।

समुद्री सतहबाट करिब २,८०० मिटर उचाइमा घरपझोङ गाउँपालिका–४ मा अवस्थित यो रेडियो केन्द्र केवल एउटा भवन मात्र होइन, मुस्ताङका नागरिकको आवाज, पहिचान र सूचना पहुँच विस्तार गर्ने अभियानको ऐतिहासिक स्मारक पनि हो ।

प्रसारण सेवा बन्द भएपछि संरक्षणको अभावमा भवन जीर्ण बन्दै गएको थियो । हाल भने घरपझोङ गाउँपालिकाले यसको मर्मत–सम्भार गरी सीसी क्यामेरा जडानसहित संरक्षणको व्यवस्था गरेको छ, जसले यस ऐतिहासिक सम्पदालाई जोगाउने प्रयासलाई थप मजबुत बनाएको छ । तस्बिर : विष्णु पौडेल ‘निरिस’/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker