अर्थ
-
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
गोरखा : सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु…
पुरा पढ्नुहोस -
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
वालिङ : स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी…
पुरा पढ्नुहोस -
“ग्रामीण पर्यटन भ्रमण वर्ष-२०२६” मनाउने तयारीमा बन्दीपुर
तनहुँ : बन्दीपुर भ्रमण वर्ष-२०२५ मा लक्ष्य भन्दा दोब्बर पर्यटक भित्र्याउन सफल भएको बन्दीपुरले सन् २०२६ लाई ‘ग्रामीण पर्यटन भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । बन्दीपुर गाउँपालिका र बन्दीपुर पर्यटन विकास समितिले बुधबार ‘बन्दीपुर भ्रमण वर्ष-२०२५’ समापन र अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई स्वागत कार्यक्रम आयोजना गरी…
पुरा पढ्नुहोस -
मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
मुस्ताङ : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत…
पुरा पढ्नुहोस -
अपेक्षा गरेभन्दा दोब्बरले गरे बन्दीपुर भ्रमण
बन्दीपुर (तनहुँ) : तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी दिनुभयो । बन्दीपुर भ्रमण वर्ष…
पुरा पढ्नुहोस -
कृषकलाई प्रोत्साहन गर्न म्याग्दे गाउँपालिकाले दूधमा रु १० अनुदान दिने
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक…
पुरा पढ्नुहोस -
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने
बन्दीपुर (तनहुँ) : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै हुनुहुन्छ…
पुरा पढ्नुहोस -
डुम्रे बचत तथा ऋण सहकारीको साधारण सभा
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाले १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामकुमार पियाको सभापतित्वमा आयोजित कार्यक्रमको संस्थापक शेयर सदस्य एवं ज्येयठ नागरिक अजय नारायण पियाले शुभारम्भ गरेका थिए । संस्थाका कोषाध्यक्ष शम्भर बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत…
पुरा पढ्नुहोस -
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
मुस्ताङ : कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी…
पुरा पढ्नुहोस -
तनहुँमा ५९ हजार कुखुराको बिमा
दमौली : तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा…
पुरा पढ्नुहोस