तनहुँमा ५९ हजार कुखुराको बिमा

दमौली : तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार ९५९ कुखुराको गरिएको छ ।

त्यस्तै एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, छ हजार ५०० माछाको बिमा गरिएको छ । बिमा गरिएको पशुको मूल्य रु २९ करोड ७५ लाख ४० हजार रहेको छ । त्यसमध्ये गाइको रु १५ करोड ६७ लाख ८० हजार, भैंसीको रु छ करोड ६६ लाख, बाख्राको रु एक करोड ५८ लाख दश हजार, बङ्गुरको रु एक करोड ७४ लाख, कुखुराको रु चार करोड ४३ लाख छ हजार, माछाको रु ५१ लाख चार हजार मूल्य रहेको छ ।

बिमा गरिएकोमध्ये गाईमा रु १५ लाख ६७ हजार कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा रु छ लाख ६६ हजार, बाख्रामा रु एक लाख ५८ हजार, बङ्गुरमा रु एक लाख ७४ हजार, कुखुरामा रु तीन लाख ४४ हजार, माछामा रु आठ हजार कृषकले बेहोरेका छन् ।

तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैंसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा नौ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker