डुम्रे बचत तथा ऋण सहकारीको साधारण सभा

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाले १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामकुमार पियाको सभापतित्वमा आयोजित कार्यक्रमको संस्थापक शेयर सदस्य एवं ज्येयठ नागरिक अजय नारायण पियाले शुभारम्भ गरेका थिए ।
संस्थाका कोषाध्यक्ष शम्भर बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी रु. २ करोड ८७ लाख ९९ हजार ५ सय पु¥याई १८ करोड ४९ लाख ३३ हजार १७३ रुपैयाँ व्यालेन्ससिटमा ४८ लाख ७९ हजार १७९ रुपैयाँ खुद नाफा आर्जन भएको र आगामि आवमा १८ करोड ७८ लाख ३८ हजार ८७९ रुपैयाँ पु¥याउने लक्ष्य लिएको जनाए ।
यस्तै, संस्थाका सचिव राज कपूर पियाले सहकारी आन्दोलनको जागरण, संस्थागत विकास, व्यावसायिक एकरूपता तथा स्थिरीकरणका चरण पार गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको अवसरमा संस्थाको स्थापना तथा विकासमा योगदान पु¥याउने उत्कृष्ट कारोबारी सदस्यहरू र संस्थामा अनुशासित भई कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष पियाले डुम्रे बजारको जेठो सहकारीका रूपमा संस्थाले समाजको आर्थिक विकास, सुशासन र सहभागितामूलक सहकारी मूल्य–मान्यता अनुरूप प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले नेपाल सरकारद्वारा जारी ऐन तथा नियमहरूको पूर्ण पालना गर्दै सहकारीलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।










