अर्थ
-
तनहुँ जलविद्युत आयोजना : मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो
१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई…
पुरा पढ्नुहोस -
तनहुँमा धान उत्पादन क्षेत्र घट्दै
तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात…
पुरा पढ्नुहोस -
सुनको कण खोज्न तनहुँको कोमलटारीका बोटेहरू लागे त्रिशूली किनारातर्फ
तनहुँ : दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भन्नुभयो, “त्यही…
पुरा पढ्नुहोस -
बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै…
पुरा पढ्नुहोस -
तनहुँको भिमाद–५ मिछुर्लङमा दसैँ पर्यटन मेला
तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्नुहुँदै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै आएको नगरपालिकाका तर्फबाट पनि…
पुरा पढ्नुहोस -
तनहुँको भिमादमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला
दमौली : तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो । तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको…
पुरा पढ्नुहोस -
जिल्ला कारागार तनहुँका कैदीबन्दी दसैँमा मूढा उत्पादनमा व्यस्त
जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने,…
पुरा पढ्नुहोस -
आँबुखैरेनीमा पढ्दै, कमाउँदै : विद्यार्थीले पालेका कुखुरा बिक्रीवितरण सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत पालन गरेको कुखुरा बिक्रीवितरण गर्न सुरु गरिएको छ । विद्यार्थीले पालेको कुखुरा विद्यालयले गाउँपालिकाले सञ्चालन गरेको शुक्रबारे हाटबजारबाट बिक्रीवतरण सुरु गरेको हो । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले पाँच लाख रुपैयाँ अनुदान प्रदान गरेपछि विद्यालयमा…
पुरा पढ्नुहोस -
हल गोरु पाल्ने किसानलाई तनहुँको म्याग्दे गाउँपालिकाले दियो पोषण अनुदान
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो । पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु…
पुरा पढ्नुहोस -
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल
दमौली : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन…
पुरा पढ्नुहोस