तनहुँको भिमाद–५ मिछुर्लङमा दसैँ पर्यटन मेला

तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्नुहुँदै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै आएको नगरपालिकाका तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
तेस्रो नेत्र युवा संस्थाको आयोजनामा सुरु मेला आगमी कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत सुरु भएको छ । मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दसैँका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाहरुको उत्साह छ, प्रत्येक वर्ष संस्थाले दसैँको अवसर पारेर मेला आयोजना गरिरहेको छ ।”
मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यू टावरबाट दृश्य अवलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो ।
मगर समुदायको कौरा, झ्याउरे, अग्र्यानिक परिकार मिछुर्लुङको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker