स्वास्थ्य/जीवनशैली
-
मासुसंगसंगै फलफूल र तरकारी सहितका फाइबरयुक्त खाना खानुहोस
दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले बताउनुभएको छ । कान्तिपुर हेल्थले शुक्रबार आयोजना गरेको ‘चार्डपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्रिर्या कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर…
पुरा पढ्नुहोस -
तनहुँको वेलचौतारास्थित जिपी कोइरालामा शल्यक्रिया सेवा, जिल्लावासीलाई राहत
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ । उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१…
पुरा पढ्नुहोस -
विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर
लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे । कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन…
पुरा पढ्नुहोस -
आयुर्वेद उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दो, जनशक्ति र पूर्वाधारको अभाव
एक वित्तीय संस्थामा सेवा लिन जाँद भर्याङ ओर्लने क्रममा खुट्टाको व्यालेन्स नमिल्दा ढाँड सडि्कएर लौरो टेकेर हिड्नुपर्ने अवस्थामा पुगेका तनहुँको व्यास-१ भादगाउँका ६६ वर्षीय गंगाप्रसाद पोख्रेल हप्तादिनदेखि फिजियोथेरापी उपचार सेवा लिइरहेका छन् । हप्तादिनको उपचारपछि अहिले पुरानै अवस्थामा हिड्न सक्ने अवस्थामा पुगेको उनि बताउँछन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले…
पुरा पढ्नुहोस -
तीजको पहिलो दिन : व्रत बस्ने सामर्थ्यका लागि आज दर खाइदै
हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध…
पुरा पढ्नुहोस -
वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?
नेपाली पात्रोमा अब चाडपर्व सुरु भएको छ । तीज, दशैं, त्यसपछि तिहार । चाडपर्वको यो याममा मीठोमसिनो व्यञ्जनसँगै नेपाली समाजले मदिरा पनि उत्तिकै खपत गर्छ । मदिरामा खासै स्वाद नभिजेकाहरु पनि यतिबेला वाइनको चुस्की लिन थालेका छन् । पर्व, उत्सव, जमघटमा वाइनको ग्लास समात्ने जमात बढ्दो छ । यसलाई उनीहरुले…
पुरा पढ्नुहोस -
तनहुँमा आयुर्वेद उपचार तर्फ आकर्षण बढ्दो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त केन्द्रले समय-समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फ सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले बताए ।…
पुरा पढ्नुहोस -
हरेक बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा, पेट सम्बन्धी समस्या हट्छ
दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही…
पुरा पढ्नुहोस -
कोरोना संक्रमितले कुन–कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि तोकेको छ । मध्यम (मोडरेट) र गम्भीर संक्रमितको व्यवस्थापनका लागि प्रादेशिक र केन्द्रका अस्पतालहरु समावेश भएको मन्त्रालयले जनाएको छ । ३१ असारको मन्त्रालयको निर्णयले विभिन्न प्रादेशिक र केन्द्रका अस्पतालबाट कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था…
पुरा पढ्नुहोस -
दमौलीमा डेङ्गुका सात बिरामी भेटिए
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा…
पुरा पढ्नुहोस