बन्दीपुरमा विश्वकै लामो क्यान्टिलिभर ग्लास स्काइ वाक बन्ने

बन्दीपुर : तनहुँको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्दीपुरमा विश्वकै सबैभन्दा लामो क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण हुने भएको छ। नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यसहित उक्त महत्वाकांक्षी परियोजनाको शिलान्यास सम्पन्न भएको हो। स्काईपिक एडभेन्चर पार्क लिमिटेडद्वारा निर्माण हुन लागेको ९७ मिटर लामो स्काइ वाकको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले एक समारोहबीच शिलान्यास गरेका छन् ।
करिब १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजना दुई वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि स्काइ वाकमा प्रति घण्टा करिब १ हजार पर्यटकले अवलोकन गर्न सक्ने जनाइएको छ। परियोजना अन्तर्गत क्यान्टिलिभर ग्लास स्काइ वाकसँगै बन्जी जम्प, फ्लाई डाइनिङ, जीप कोस्टर, प्लानेटरियमजस्ता आधुनिक साहसिक संरचनाहरू पनि निर्माण गरिनेछन्। यी संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै बन्दीपुरलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
पर्यटकीय पूर्वाधार विस्तारसँगै बन्दीपुरको आर्थिक गतिविधि चलायमान हुने, रोजगारीका अवसर सिर्जना हुने तथा स्थानीय उत्पादन र सेवाको माग बढ्ने विश्वास गरिएको छ । पहाडकी रानीको रूपमा परिचित बन्दीपुरले पछिल्लो समय सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक आकर्षणका साथै साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा समेत आफूलाई विकास गर्दै लगेको छ। यस्तो ठूला परियोजनाको सुरुवातसँगै बन्दीपुरको पहिचान अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker