शैक्षिक सामाग्रि वितरण

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी भिम गुरूङले आफ्नो दाजु देव गुरूङको जन्मदिन तथा चण्डी पूर्णिमाको पावन अवसर पारेर कन्यादेवी परिवारलाई नगद तथा जिन्सी सामग्री सहयोग गरेका छन् ।
विद्यालयामा सोमबार आयोजित एक कार्यक्रमबीच गुरूङले छात्रावास सञ्चालनका लागि आवश्यक रासनपानी, तरकारी, खेलकुद सामग्री, स्टेशनरी सामग्री तथा वाद्यवादन सामग्री गरी करिब ५१ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका हुन् । साथै उनले कक्षा २ मा अध्ययनरत छात्रा जेनी गुरूङलाई विद्यालय झोला, जुत्ता तथा एक सेट विद्यालय पोशाक समेत उपलब्ध गराएका थिए ।
कार्यक्रममा विद्यालय परिवारले गुरूङको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो मानवीय र प्रेरणादायी कार्यले विद्यालयको शैक्षिक उन्नति तथा समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
विद्यालयका अनुसार यस्ता निस्वार्थ सहयोगले समाजमा सेवामूलक भावना अभिवृद्धि हुनुका साथै शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह हुने गर्दछ ।
सहयोगदाता गुरूङको यस योगदानप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयले आगामी दिनमा समेत यस्तै सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker