पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम

तनहुँको ऋषिङ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको æमहिनावारी स्वच्छता तथा पुनः प्रयोगयोग्य कपडा प्याड बनाउने तालिमÆमा सहभागि स्थानीय महिलाहरु । जैसिहटिया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित उक्त तालिममा १० देखि ४० वर्ष उमेर समूहका ३५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

सहभागी महिलाहरूले आफ्नै हातले पुनः प्रयोग गर्न मिल्ने कपडा प्याड तयार गर्दै महिनावारीलाई लाज नभई स्वास्थ्य र सम्मानसँग जोड्नुपर्ने सन्देश प्रवाह गरेका छन् । तालिमका क्रममा महिनावारी सम्बन्धी सरसफाइ, सुरक्षित व्यवहार, वातावरणमैत्री विकल्पको प्रयोग तथा स्वास्थ्य सचेतनाबारे जानकारी प्रदान गरिएको थियो ।

साथै, स्थानीय स्तरमै प्याड निर्माण गर्न सकिने सीपले महिलाहरूलाई आर्थिक र व्यवहारिक रूपमा पनि सशक्त बनाउने विश्वास लिइएको छ। यस्ता कार्यक्रमहरूले महिलाहरूको स्वास्थ्य सुधार, आत्मविश्वास अभिवृद्धि तथा स्वच्छ जीवनशैली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने स्वास्थ्य शाखाले जनाएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker