तनहुँको शुक्लाण्डकी स्थित जीपीको कोभिड अस्पतालमा भेन्टिलेटर सहितको उपचार सेवा दिने तयारी

भञ्ज्याङ न्यूज

कोरोना भाइरस संक्रमणबाट गम्भिर अवस्थाका संक्रमितलाई भेन्टिलेटर सहितको उपचार तनहुँमै गर्ने तयारीमा यहाँका स्वास्थ्य संस्था जुटिरहेका छन् । शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रस्थित कोभिड अस्पतालमा भेन्टिलेटर सहितको उपचारसेवाका लागि आवश्यक तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।

जिल्लाको १० वटै पालिकाको लागत सहभागितामा तयार गरिएको ३० वेड क्षेमताको कोभिड अस्पतालमा २ वटा भेन्टिलेटर जडान गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । उनले भने, ‘सानो मेसिन जडान भैसकेको र त्यसलाई आवश्यक पर्ने माक्स पनि ल्याईसकेका छौं । तर ठुलो मेशिन जडानमा भने समस्य देखिएको छ ।’

‘गम्भिर प्रकृतिका संक्रमितलाई पोखरा र काठमाडौं रिफर गर्ने गरेका छौं’, उनले भने, ‘अब भने भेन्टिलेटर सहितको उपचार आवश्यक पर्ने केही संक्रमितलाई हामी यहि उपचार सेवा उपलब्ध गराउने प्रयासमा जुटेका छौं । भेन्टिलेटर सेवा सञ्चालनका लागि अहिले हामीलाई आवश्यक पर्ने सानासाना उपकरणले समस्या पारिरहेको हुँदा त्यसको जोडजाम्म पनि गरिरहेका छौं ।’

केन्द्रस्थित ३० वेड क्षमताको कोभिड अस्पतालमा बुधबारसम्म २७ जना संक्रमितहरुले उपचारसेवा लिइरहेका छन् । अस्पतालमा साना ठुला गरी ४७ वटा अक्सिजन सिलिन्डर रहेका छन् ।यस्तै, दमौली अस्पतालमा २० जना संक्रमितले उपचारसेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले बताए । उनले भने, ‘भर्ना भएका संक्रमितमध्ये धेरैलाई निमोनिया देखिएको हुँदा आवश्यक अनुसार अक्सिजन र औषधी दिएका छौं ।’

‘यी मध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ’, उनले भने, ‘उनीहरुलाई छुट्टै वर्डमा राखि आवश्यकतानुसार मेसिन तथा औषधीको प्रयोग गरी उपचारसेवा दिइरहेका छौं। ९ जनामै निमोनियाको संक्रमण उच्च देखिएको छ ।’

डा. पौड्यालका अनुसार अस्पतालको कोभिड उपचार केन्द्रबाट निको भएर २६ जना घर फर्किएका छन् । उनले भने, ‘पहिलो पटक अस्पतालमा कोरोना भाइरस संक्रमितलाई भर्ना गरी उपचार सेवा दिइरहेका छौं । चुनौति धेरै हुँदाहुँदै पनि पहिलो लटलाई निको बनाएर घर फर्काउन सफल भएका छौं ।’

२१ वेड क्षमताको केन्द्रमा हाल ४० वटा अक्सिजन सिलिन्डर रहेको अस्पतालले जनाएको छ । डा. पौड्यलले भने, ‘हाललाई पर्याप्त छ, खाली भएका सिलिन्डर पोखरा पठाएर भरेर ल्याउने पनि गरेका छौं । विरामीको प्रकृति हेरी दिनमा १० देखि १२ वटासम्म अक्सिजनका सिलिन्डर खपत हुने गरेको छ ।’

अस्पतालको कोभिड उपचार वर्डमा थप स्वास्थ्यकर्मीहरुलाई खटाइने तयारी भैरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रदिप अधिकारीले बताए । उनले भने, ‘हाल संक्रमितको उपचारका लागि २ जना डाक्टर, ३ जना नर्स, २ जना कार्यालय सहयोगी र २ जना हेल्थ एसिस्टेन्डको व्यवस्था गरिएको र उनीहरुलाई सुत्केरी वर्डमा बस्ने व्यवस्थापन मिलाइएको छ ।’

‘कोरोनाका बिरामीलाई उपचार सेवा दिने भनेर प्रसुति सेवा केही समयका लागि बन्द गरिएको छ’, समितिका अध्यक्ष अधिकारीले भने, ‘अरु ओपिडि सेवालाई भने निरन्तरता दिइरहेका छौं । तर, अस्पतालमा कोरोना संक्रमितलाई उपचार गर्छन भनेर अन्य सेवा लिनलाई सेवाग्राहीहरु अनकन गरेको पाइएको छ ।’ कोरोना संक्रमितको उपचारका लागि जिल्लाको १० वटै पालिकामा गरी १९५ बेडको १२ वटा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । ७ वटा आइसियु, ४ वटा भेन्टिलेटर र २६३ अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ ।यस्तै, तनहुँमा बुधबारमात्रै १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले र्सार्वजनिक गरेको विवरणमा तनहुँका १६६ जनामा संक्रमण पुष्टि भएको देखिइएको छ ।

त्यस्तै, स्वास्थ्य कार्यालय तनहुँले र्सार्वजनिक गरेको विवरणमा बुधबार साँझसम्म तनहुँमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९६२ रहेको र यी मध्ये ५३ जना संस्थागत आइसोलेशनमा उपचाररत रहेका छन् भने ९११ जना होम आइसोलेशनमा बसेका छन् । जिल्लामा बैशाख महिना यता कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker