देवघाटमा सडकको स्तरोन्नती

तनहुँको देवघाट गाउँपालिकाको मुख्य सडकको स्तरोन्नती तथा नाला निर्माण गरिदै । भौतिक पूर्वाधार कार्यालयले दासढुंगा-देवघाट गाउँपालिका जोड्नका लागि २०७७ वैशाख १६ गते स्वच्छन्द-संरक्षण रोयल जे/भी भरतपुरसंग २०७८ पुस १६ गतेसम्म सडक कालोपत्रे, ग्याबिन, नाला निर्माण लगायतका काम गर्ने गरी भ्याट सहित १४ करोड ८७ लाख ९९ हजार ९९५ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ