बन्दिपुर गाउँपालिकाको हिउँदे अधिवेशन : पर्यटन विकास ऐन प्रस्तुत

भञ्ज्याङ न्यूज

बन्दिपुर गाउँपालिकाले पनि १२औं गाउँसभा सुरु गरेको छ । गाउँपालिकाले हिउँदे अधिवेशनमा बर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पास गर्न गाउँसभामा प्रस्तुत गरिएको छ ।

पहिलो दिन गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाध्यक्ष सुरेन्द्र बहादुर थापाले गाउँ सभा सुरु गरी कार्यक्रममा स्वागत गरेका थिए। यस्तै, उपाध्यक्ष पञ्चमायाँ गुरुङले प्रगती बिबरण तथा समिक्षा प्रस्तुत गरेकी थिइन् ।

विधायन समितिका संयोजक बलबहादुर गुरुङले बन्दिपुर गाउँपालिकाको पर्यटन बिकास ऐन २०७९ र जोखीम न्युनीकरण तथा ब्याबस्थापन बिधेयक २०७९ सभामा प्रस्तुत गरी पेस गरेका थिए ।

प्रस्तुत भएको विधेयकलाई सभाले पास गरेको छ । अन्य विधेयक तथा कार्यक्रम पास गर्नका लागि १२औं गाउँ सभाको अर्को बैठक माघ १३ गतेका लागि बोलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker