आँबुखैरेनीकी दियाले अमेरिकामा जितिन् ‘मिस नेपाल नर्थ अमेरिका’ काे उपाधि

दमाैली : आँबुखैरेनी निवासी दीया श्रेष्ठले न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका २०२५ को उपाधि जितेकी छन्। दीयाले अर्को वर्ष हुने मिस नेपालमा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् र नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्नेछिन्।

प्रतियोगितामा १९ जना सुन्दरीले भाग लिएका थिए र फिनाले न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा सम्पन्न भएको थियो। न्यूयोर्क (अमेरिका) । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि दीया श्रेष्ठले जितेकी छन् ।

नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् । टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भए ।

उपाधि जितेसँगै दीयाले अर्को वर्ष हुने मिस नेपालमा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् भने नेपाल पर्यटन बोर्डको सद्भावना दूत समेत उनी बन्नेछिन् । यसबाहेक अन्य अवसर पनि उनले पाएकी छन् ।

उपाधिका लागि विभिन्न अमेरिकी राज्यबाट प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रुपमा थिए ।

न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा फिनाले आयोजना गरिएको थियो । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker