तीनकुनेमा राजावादीको आन्दोलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु

काठमाडौँ : तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

गृह मन्त्रालयका सह सचिव छवि रिजालका अनुसार मृत्यु हुनेमा किर्तीपुरका २९ वर्षिय सविन महर्जन रहेका छन् । तीनकुनेमा भएकाे आन्दाेलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेकाे थियाे भने पछि रबरकाे गाेली र हवाइ फायर पनि गरेकाे थियाे ।

प्रदर्शनकारीहरुले प्रहरीकाे बन्दुक नै खाेसेकाे र सा‌ंघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएकाे थियाे ।

प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएकाे थियाे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker