तनहुँ-१ उपनिर्वाचन : २३ हजार मतगणना, रास्वपाको अग्रता कायमै

भञ्ज्याङ न्यूज

प्रतिनिधिसभा सदस्यका लागि आइतबार तनहुँ निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न उपनिर्वाचनको मतगणना कार्य जारी रहेको छ। २३ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् ।

आइतबार राति ११:४५ बजेदेखि सुरु मतगणना भएकामा आज मध्यान्न १२ बजेसम्मको नतिजाअनुसार ११ हजार ६७७ मत प्राप्त गरी रास्वपाका उम्मेदवार डा. वाग्लेले ४ हजार ८९० मतले अग्रता लिइरहेका छन् ।

यस निर्वाचन क्षेत्रका ४२ वटा वडा मध्ये हालसम्म १७ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले उक्त मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका गोविन्द भट्टराइले ६ हजार ७८७ मत प्राप्त गरेका छन् भने नेकपा -एमाले) का र्सर्वेन्द्र खनालले ३ हजार ८०२ मत प्राप्त गरेका छन् ।

रास्वपाका उम्मेदवार स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेस, एमाले र स्वतन्त्रले दुइ-दुइ वटा वडा जितेका थिए ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए भने कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुखैरेनीकै वडाहरुबाट रास्वपाले बढी भोट पाएको छ ।

तनहुँ क्षेत्र नं. १ अन्तर्गत ४२ वडामा ६३ हजार ७५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुइ ठाउँमा मतगणना कार्य जारी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker